Monday, March 27, 2017

चैत्र १४, २०७३- लागूऔषध दुरुपयोग मुद्दा कमजोर बनाउने खेलमा मुछिएका दुई सरकारी वकिलले करिब ६ अर्ब ३० करोड रुपैयाँको बिगो मागदाबी नगरेर आरोपितहरूलाई उन्मुक्ति दिएको भेटिएको छ । प्रहरीले लागूऔषधका दुई मुद्दामा बजार मूल्यसमेत तोकेर बिगो किटान गरी प्रतिवेदन तयार गरे पनि काठमाडौं र धादिङका जिल्ला सरकारी वकिलले बिगो मागदाबी नै नगरी ‘अनियमितता’ गरेको प्रमाण कान्तिपुरले फेला पारेको छ ।



जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख टेकबहादुर घिमिरेले ३ अर्ब ३८ करोड रुपैयाँ र धादिङका सरकारी वकिल कार्यालय प्रमुख दयाशंकर अधिकारीले २ अर्ब ९२ करोडको बिगो मागदाबी नलिएर आरोपितहरूलाई उन्मुक्ति दिएको महान्यायाधिवक्ता कार्यालय स्रोतले कान्तिपुरलाई बतायो । उक्त अनियमिततामा मुछिएका दुवै हाल निलम्बित छन् ।

लागूऔषधका रूपमा सूचीकृत रसायन ‘स्युडोइफ्रिडन’ विभिन्न खालको औषधि बनाउने ‘प्रि–क्रसर केमिकल्स’ हो । औषधि व्यवस्था विभागमार्फत गृह मन्त्रालयको स्वीकृतिमा मात्रै आयात गर्न पाइने यस्तो लागूऔषधबाट निर्मित औषधिको अभिलेख राख्नुपर्छ । तर दुई छुट्टाछुट्टै कम्पनी सञ्चालन गरी ‘स्युडोइफ्रिडन’ आयात गर्दै आएका सञ्चालकहरूले भने त्यसको ठूलो परिमाण लागूऔषधका रूपमा दुरुपयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । यी दुवै कम्पनीले आयातित ‘स्युडोइफ्रिडन’ को थोरै परिमाण मात्रै औषधिमा उपयोग गर्थे र नक्कली बीएमआर अर्थात् ‘ब्याच म्यानुफ्याक्चरिङ रेकर्ड’ राखेर औषधि व्यवस्था विभागलाई झुक्याउँथे । टौरस फर्माका वित्त प्रबन्धक खडानन्द शर्माले प्रहरी बयानमा समेत नक्कली बीएमआर आफूले तयार गरेको स्विकारेका छन् ।

प्रहरीको केन्द्रीय लागूऔषध अनुसन्धान ब्युरोका अनुसार एस.आर. फर्मास्युटिकल कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि २०७१/७२ सम्म २१ सय १० किलोग्राम स्युडोइफ्रिडिन आयात गरेकामा ४ सय ४७ किलो १ सय ९५ ग्राममात्रै खपत भएको भेटिएको थियो । बाँकी १६ सय ६२ किलो ८० ग्राम ‘स्युडोइफ्रिडन’ लागूऔषध बनाउने प्रयोजनका लागि दुरुपयोग भएको प्रहरीको दाबी छ । एक ग्राम ‘स्युडोइफ्रिडन’ को २८ दशमलव ९ अमेरिकी डलर पर्छ । विनिमय दरअनुसार कुल दुरुपयोग भएको ‘स्युडोइफ्रिडन’ को मूल्य ३ अर्ब ३८ करोड रुपैयाँ हुन्छ ।

लागूऔषध अनुसन्धान ब्युरोले उक्त अनियमिततामा मुछिएका र फरार रहेका कर्मचारी हरिशंकर शर्मा तथा सञ्चालकहरू अमित गुप्ता अग्रवाल र आशिष अग्रवालले ‘फ्याक्ट्री’बाट पटक–पटक अन्यत्र लगेको खुल्न आएको भन्ने आधारमा उनीहरूलाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीहरूलाई लागूऔषध ऐनअनुसार हदैसम्मको कारबाहीको सजाय मागदाबी गरेको थियो । ब्युरोले फरार रहेका प्रतिवादीहरू अमित गुप्ता अग्रवाल, सञ्जयकुमार गुप्ता, मधुसूदन अग्रवाल, आशिष अग्रवालका नाममा अदालतबाट वारेन्ट म्याद जारी गर्न प्रस्तावित राय पठाएको थियो । आरोपितहरूले संगठित रूपमा नै आपराधिक धन्दा चलाएको निष्कर्ष निकाल्दै लागूऔषध ब्युरोले उनीहरूमाथि संगठित अपराधको अभियोगमा थप सजाय गर्न पनि सिफारिस गरेको थियो । ब्युरोले संगठित अपराध निवारण ऐन २०७० को दफा १, २ र ३ क बमोजिम सोही ऐनको दफा ९ (४) बमोजिमको मागदाबीसमेत गरेको थियो ।

आपसी मिलेमतोबाट गृह मन्त्रालयसमेतको स्वीकृति लिई लागूऔषध बन्ने कच्चा पदार्थ (कोरा रसायन) आयात गर्ने काम गरेको र अन्यत्र अवैध रूपमा बिक्री–वितरण आधारमा उनीहरूमाथि प्रहरीले संगठित अपराधको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको थियो । प्रहरीले आर्थिक लाभ लिने उद्देश्य वा एउटै आपराधिक मनसायबाट लागूऔषधको बिक्री–वितरण कारोबार गर्ने, एकअर्काबीच सामूहिक काम गर्ने गरी नेटवर्किङ समूह भई काम गरेको प्रमाण भेटिएको दाबी गरेको थियो । प्रहरीले सञ्चालकहरू अमित अग्रवाल, मधुसूदन अग्रवाल, सञ्जयकुमार गुप्ता, आशिष अग्रवाल र वित्त प्रबन्धक खडानन्द शर्मालाई प्रतिवादी बनाउन राय प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

तर सरकारी वकिलको कार्यालयले यी सबै आरोप दुईजनामा केन्द्रित गरी अरूलाई उन्मुक्ति दियो । शंकास्पद भाषाशैली प्रयोग गरी सहन्यायाधिवक्ता घिमिरेले दुई जनाबाहेकको हकमा देखिएको प्रमाणलाई बेवास्ता गरे । ‘अमित गुप्ताले प्रबन्ध निर्देशकका रूपमा काम गरेको र मधुसूदन अग्रवाल सञ्चालक समिति अध्यक्षका रूपमा काम गरेको भन्ने पक्राउ प्रतिवादी खडानन्द शर्माको मौकाको बयानमा खुली आएको भए तापनि’ अभियोग खण्डमा उनले राय लेखेका छन्, ‘अन्य सञ्चालक तथा शेयरधनीहरू उल्लेखित कसुरमा संलग्नता र सहभागिता रहेको पुष्टि गर्ने प्रमाणको उपस्थिति विद्यमान देखिएन ।’

धादिङमा पनि उही सञ्चालकहरूले टौरस फर्मास्युटिकल कम्पनी स्थापना गरी लागूऔषध दुरुपयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उक्त कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्ममा १७ सय किलोग्राम ‘स्युडोइफ्रिडन’ खरिद गरेकामा २ सय ६२ किलो ६५ ग्राम खपत भई बाँकी १४ सय ३७ किलो ३५ ग्राम औषधि नै नबनाई अवैध रूपमा बिक्री–वितरण गरेको प्रहरीको दाबी छ । बजार मूल्यअनुसार २ अर्ब ९२ करोड रुपैयाँको लागूऔषध दुरुपयोग भएको घटनामा धादिङको सरकारी वकिल कार्यालयले भने जिल्ला अदालतमा आरोपपत्र पेस गर्ने क्रममा बिगो मागदाबी नै गरेन ।

धादिङको उक्त घटनामा प्रहरीले अमित गुप्ता अग्रवाल, सञ्जयकुमार गुप्ता, आशिष अग्रवाल र खडानन्द शर्मालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको थियो । सरकारी वकिलको कार्यालयले भने चारमध्ये तीन जनालाई मात्रै मुद्दा चलायो । धादिङका सरकारी वकिल कार्यालय प्रमुख उपन्यायाधिवक्ता दयाशंकर अधिकारीले अमित गुप्ता अग्रवाल, आशिषकुमार गुप्ता अग्रवाल र खडानन्द शर्मालाई मात्रै मुद्दा चलाएका हुन् । उनले पनि काठमाडौंका सरकारी वकिलको कार्यालय प्रमुखले झैं बिगो मागदाबी गर्न जरुरी ठानेनन् ।

रायकिताब च्यातेको भेटियो

लागूऔषध मुद्दा प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौंमा रायकिताब च्यातिएको अवस्थामा फेला परेको छ । लागूऔषध मुद्दासम्बन्धी विवाद सार्वजनिक हुनासाथ दुई दिनसम्म गायब भएको रायकिताब पछि च्यातिएको अवस्थामा फेला परेको हो । औषधि निर्माणको आवरणमा खरिद भएको ‘स्युडोइफ्रिडन’ नामक रसायन लागूऔषधका रूपमा दुरुपयोग भएको घटनाको मुद्दा अभियोजन गर्ने क्रममा गम्भीर त्रुटि भएपछि दुई जिल्लाका सरकारी वकिलहरू हाल निलम्बनमा छन् ।

‘दुई दिनसम्म रायकिताब हरायो भनेर हल्लीखल्ली भयो, पछिमात्रै फेला पार्दा त्यसलाई सच्याएको भेटियो,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘रायकिताबका रूपमा राखिएको रजिस्ट्ररको पाना च्यातिएको छ । पछि निर्णय पनि सच्याएको देखियो ।’ प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेपछि त्यसका आधारमा मुद्दाको अभियोजनबारे निर्णय गर्ने सरकारी वकिलहरूले आफ्नो निर्णय रायकिताबमा लेखेका हुन्छन् ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका तत्कालीन प्रमुख डा. टेकबहादुर घिमिरेले लागूऔषध प्रकरणको मुद्दा हेरेका थिए । तर पाना कसले च्यात्यो भन्नेबारे केही नखुलेको महान्यायाधिवक्ता कार्यालय स्रोत बतायो । तर मुद्दाबारे निर्णय गर्ने क्रममा भने विवादमा परेका सहन्यायाधिवक्ता घिमिरेले घरमै लगेर रायकिताबमा निर्णय लेखेको छानबिनका क्रममा खुलेको छ । घिमिरेसँगै धादिङका प्रमुख उपन्यायाधिवक्ता दयाशंकर अधिकारी पनि दुई महिनाका लागि निलम्बनमा छन् ।

लागूऔषध मुद्दाका आरोपितहरूलाई छुटकारा दिएको विवादमा दुई सरकारी वकिलहरू निलम्बनमा परेपछि महान्यायाधिवक्ता कार्यालयले नायब महान्यायाधिवक्ता बद्री गौतमको संयोजकत्वमा अर्का नायब महान्यायाधिवक्ता किरण पौडेल र सहन्यायाधिवक्ता नारायण पौडेल सदस्य रहेको छानबिन समिति गठन गरेको छ । धादिङको घटना छानबिनका लागि अर्का सहन्यायाधिवक्ता विश्वराज कोइरालाको संयोजकत्वमा एक सदस्यीय समिति बनेको छ । बिहीबारदेखि काम थालेको समितिले पेस गर्ने प्रतिवेदनका आधारमा उनीहरूमाथि कारबाहीको निर्णय हुनेछ ।

घटनाको गम्भीरता हेरी दुवै जनामाथि विभागीय कारबाहीदेखि बर्खास्तसम्मको सिफारिस हुन सक्ने स्रोतले बतायो । मुद्दा मिलाउन ‘लेनदेन’ गरेको भेटिए भ्रष्टाचारको आरोपमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस हुन सक्छ । तर दुवैको हकमा ‘लेनदेन’ को प्रमाण नभेटिएको स्रोतले बतायो



६ अर्बको अनियमितता


चैत्र १४, २०७३- कार्यभार सम्हालेलगत्तै भारतीय राजदूत मन्जिभसिंह पुरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । पुरीले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘डिनर बैठक’ गरे भने सोमबार एमाले अध्यक्ष केपी ओलीसँग एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता गरे । देउवासँग उनको करिब दुई घण्टा लामो बैठकमा दुई देशको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दूतावास स्रोतले बतायो ।

युरोपियन युनियन, बेल्जियम र लग्जेम्बरका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका पुरी नेपाल आएको भोलिपल्टै पशुपतिनाथ दर्शन गर्न पुगेका थिए । त्यसै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए । परम्पराअनुसार राष्ट्रपतिसँगको भेटलगत्तै केही राजदूतहरू परराष्ट्रमन्त्रीलाई भेट्न आउँथे । तर, परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीन भ्रमणमा रहेकाले त्यो भेट हुन पाएन ।

नेपालको संविधानको भारतले स्वागत नगरी आलोचना गरेकोप्रति लक्षित गर्दै ओलीले राजदूत पुरीलाई ‘हामीहरूको आ–आफ्नो शैली र परम्परा हुन्छ । लामो प्रयासपछि सहभागितामूलक व्यवस्था र अधिकारका हिसाबले विश्वकै उत्कृष्ट संविधान हामीले जारी गरेका छौं । त्यसमा भएका केही कमीकमजोरी समयअनुरूप सच्चिँदै जानेछ’ भनेको उनी निकट एक नेताले बताए ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले यो भेट परिचयात्मक भएको बताए । नेपाल–भारत सम्बन्धका विविध आयाम र बेला–बेलामा देखापर्ने असमझदारीबारे ओलीले राजदूतलाई स्पष्ट पार्न धेरै उदाहरण र पूर्वीय दर्शनसमेत सुनाएको उनी निकट नेताले बताए । ओलीले मधेसको विषयमा भारतले कुनै दख्खल नराखोस् भन्नेमा जोड दिएको पनि ती नेताले बताए । राजदूत पुरीले सम्बन्ध थप बलियो र सशक्त पारेर अघि बढ्ने बताएका थिए ।



भारतीय राजदूत भेटघाटमा सक्रिय


चैत्र १४, २०७३- राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक भएको छ ।

पप गायक सुनिल गिरीको आवाज तथा सौरव दाहाल र कल्पना खरेलको शब्द गरेको गीतको ‘लिरिक्स भिडियो’ सार्वजनिक भएको हो ।

डायस्पोरामा रहेका नेपालीको भावनालाई गीतमार्फत अभिव्यक्त गरेको दाहालले बताए । गीतको म्यूजिक

राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक (भिडियोसहित)

चैत्र १४, २०७३- सिमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट मारिएका कञ्चनपुरको पुर्नवास–८ नमुनाटोलका ३२ बर्षीय गोविन्द गौतमको परिवारलाई जापानबासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गौतमको परिवारको सम्मान तथा नेपालीभूमिको रक्षाका लागि लड्ने क्रममा मारिएका नेपालीलाई राहतस्वरुप चलाइएको अभियानमा संकलन भएको ७३ हजार ९ सय ७७ जापानीयान आइतवार पठाइएको हो ।


अभियानकर्ता ज्याक खड्काका अनुसार संकलन भएको ७३ हजार ९ सय ७७ जापानीयानको नेपाली ७० हजार ५ सय ५० रुपैयाँ सहिद परिवारलाई पठाइएको हो ।

अभियानमा खड्कासहित दिलु खत्री, यदुराम सापकोटा र जापानबाट सञ्चालित टप नेपाल अनलाइनले छुट्टाछुट्टै १०/१० हजार जापानीयान सहयोग गरेका थिए । २ हजार देखी ५ हजार जापानीयानसम्मका सहयोगी हातहरु बढ्दै गएपछि अभियान शनिवारसम्म लम्बाइएको थियो ।

जापानको जेनिथ रेमिट्यान्सबाट आइतवार पठाइएको रकम शोमवार कञ्चनपुरका सञ्चारकर्मी पप्पु गुरुङमार्फत पीडित परिवारसम्म पुर्याइने अभियानकर्ताले बताएका छन् ।

दुईसाता अघिपनि जापानबासीले गरिबी र आँखा नदेख्ने भएर खान लाउन समस्यामा परेका सप्तरीको गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप १ लाख १४ हजार ४ सय ६६ जापानीयान पठाएका थिए ।



गौतमका परिवारलाई जापानबाट आर्थिक सहयोग

चैत्र १४, २०७३- ब्रिटेनमा कार्यरत नेपाली कानुन व्यवसायी, गैरआवासीय नेपाली, भूतपूर्व गोर्खा तथा प्राज्ञहरुको एक भेलाले विदेशी नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज हुने वर्तमान कानुनी प्रावधानलाई नै खारेज गर्न माग गरेका छन् ।

ब्रिटेन नेपाल लयर्स एशोसिएसनको आयोजनामा आइतबार, सिटी ल स्कुल, लन्डनमा ‘नेपालको संविधान र नागरिकता’ विषयक अन्तर्क्रियामा त्यस्तो माग गरिएको हो ।

नेपालको संविधान र दोहोरो नागरिकता विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गोविन्द बेल्बासेले नागरिकता ऐनको दफा १० मा विदेशी नागरिकता लिनासाथ नेपालको नागरिकता खारेज हुने भन्ने प्रावधान

नागरिकको सार्वभौम हक सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता एवं नेपालको संविधानको मर्म विपरित रहेकाले सो खारेज गरिनुपर्ने जिकिर गरे भने अर्का अधिवक्ता सुरेन्द्र श्रेष्ठले गैर आवासीय नेपालीहरुले आफूसंग रहेको नेपाली नागरिकता खारेज नगरियोस् भन्ने मात्रै माग गरेको तर विदेशीलाई नेपाली नागरिकता दिइनुपर्छ भन्ने माग नगरेको प्रष्टयाए ।

बेल्बासे र श्रेष्ठले सोही माग दावी गरी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आउँदो बैशाख ४ गते सुनुवाइ हुन लागेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको संविधानले प्रजातन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यताहरु आत्मसात गरेको र नयां संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । उनले संविधान एक जीवन्त दस्तावेज भएकाले गैरआवासीय नेपाली लगायत समाजका विभिन्न वर्ग र समुदायका आकांक्षा र आवाजलाई सम्बोधन गर्न नेपालको संविधानमा प्रशस्त स्थान रहेको बताए ।



लन्डन अन्तरक्रियामा नेपाली नागरिकता खारेज हुने प्रावधान नै खारेज गर्न माग

चैत्र १४, २०७३- भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीको गोली लागी ६ वर्षअघि ज्यान गुमाएका मोरङ अमाही बरियातीका वासुदेव साहकी पत्नी उर्मिलादेवीलाई सोमबार गृहमन्त्री विमलेन्द्र निधिले १० लाख रुपैयाँ हस्तान्तरण गरे ।


२०६७ जेठमा हतियारसहित सादा पोसाकमा नेपाल प्रवेश गरेका एसएसबीको २४ औं बटालियनका इन्स्पेक्टर हितेन्द्र सिंहले चलाएको गोली लागेर वासुदेवको मृत्यु भएको थियो । तत्कालीन मोरङको सुरक्षा संयन्त्रले साहको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गरे पनि विविध कारणले राज्यले पीडित परिवारलाई ६ वर्षसम्म क्षतिपूर्ति दिन नसकेको उल्लेख गर्दै निधिले ढिलै भए पनि राज्यले क्षतिपूर्ति दिएको उल्लेख गरे ।

मन्त्री निधिले कार्यक्रममा उपस्थित पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टराई र मोरङका प्रजिअ यज्ञराज कोइरालालाई मृतकका दुवै छोरालाई स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना गर्न निर्देशन पनि दिए । साहका श्रीमती, तीन छोरा र चार छोरी छन् ।

साह परिवारलाई १० लाख

Monday, May 30, 2016


The University of New South Wales essentially called as UNSW was built up in the year of 1949. It has been over 60 years for its establishment. This is an Australian open investigation establishment orchestrated in Sydney. This establishment contains more than 50,000 understudies from all around all through the world. The essential grounds of UNSW is organized in Kensington and others in Randwick and Coogee. The University of New South Wales is the coordinator of the generally praised and the principle arrangement of Universities focusing on investigation, "Social occasion of Eight" and other connection particularly Universitas 21.
The University of New South Wales is broadly known for the information of its understudies and its hope to acknowledge another, novel and creative frameworks in the field of investigation and guideline. The UNSW has strong bonds with the field of industry besides with the field of bussiness and in light of these reasons the understudies proceeded onward from UNSW are incredibly asked for all around the world.
UNSW is considered as a primary school in learning and demonstrating and is a top school on the planet. It falls under the primary 50 schools all around the world and fall under fundamental 10 universities in Australia. This school is the first school on the planet to perform the "QS 5 star notwithstanding" distinguishing proof for its academic brilliance.
School of New South Wales give a broad mixture of guideline close by its phenomenal quality. the school has strong backing in regional and overall issues which makes it possible to give quality preparing. Environment in this school updates understudies in developing new headways, consider and do research. The other extra curricular activities in this school allows the understudies to appreciate a relief from the studies and unite with into a couple recreations and activities they are excited about. The school furthermore makes social venture and festivities where the understudies can have a decent time and have a discriminating time in the school.
The adage of this University is "Scientia Manu et Mente" hugeness " adapting by hand and mind". This witticism unmistakably suggests that the new improvements and signs are progressed through shrewd and the point of confinement of the mind to appreciate things and have learning of utilizing it. This data can be deciphered among the people through the deed of ones hand as like composing and clearing up their theories.
The University of New South wales consolidates concedes on post graduate and school classes, schlorships on group tasks and even the gift in post graduate investigation fields.

The best point of preference of finishing is that it reduces the budgetary weight and with the clearing of this weight you and take interest in more broad domains of the school. You can tune in diversions, music and other recreational activities.

manisha gharti magar

instant article

Advertising

 
Amazing World © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism